त्रिभुवन विमानस्थलको समय विस्तार, अब भोलिदेखि दैनिक १८ घण्टा खुल्ने

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
त्रिभुवन विमानस्थलको समय विस्तार, अब भोलिदेखि दैनिक १८ घण्टा खुल्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भोलि मंगलबार (चैत १९) देखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ। अब मंगलबारदेखि विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म खुला रहनेछ।

यसअघि मर्मतकार्यका कारण दैनिक १४ घण्टामात्र सञ्चालन हुँदै आएको थियो। गत कात्तिक २३ गतेदेखि स्तरोन्नतिका लागि रातको समय बन्द गरिएको विमानस्थल अब बढाएर १८ घण्टा सञ्चालनमा ल्याइने विमानस्थल कार्यालयले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स