राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशकको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?

राष्ट्र बैंकका ३ जना कार्यकारी निर्देशकको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?
Advertisement Ads

नेपाल राष्ट्र बैंकले विभिन्न विभागका तीन जना कार्यकारी निर्देशकको सरुवा गरेको छ। मानव संसाधन व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार उक्त सरुवा २०८३ जेठ १९ गतेदेखि लागू हुने भएको हो।

राष्ट्र बैंकको जेठ १३ गतेको निर्णयअनुसार डा. सत्येन्द्र तिमिल्सिनालाई भुक्तानी प्रणाली विभागबाट आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यसैगरी, डा. रामशरण खरेललाई आर्थिक अनुसन्धान विभागबाट सूचना प्रविधि विभागमा पठाइएको छ।

यस्तै, निशल अधिकारीलाई सूचना प्रविधि विभागबाट भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको सूचनामा उल्लेख छ।

nrb executive director transfers notice 1779953774811 https://bajarkochirfar.com/transfer-of-3-executive-directors-of-nepal-rastra-bank-whose-responsibility-where | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स