आज (कात्तिक १३ गते, बिहीबार) गुराँस लघुवित्त, मुक्तिनाथ कृषि कम्पनी र ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।
गुराँस लघुवित्तले आर्थिक वर्ष २०८१/८२ का लागि १४.२५% बोनस र ०.७५% नगद गरी कुल १५% लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ। लघुवित्तले कात्तिक २३ गते साधारणसभा बोलाएको छ र बुक क्लोज कात्तिक १४ गते गर्ने निर्णय गरेको छ।
मुक्तिनाथ कृषि कम्पनीले ८% बोनस र ०.४२% नगद गरी ८.४२% लाभांश प्रस्ताव गरेको छ। चुक्ता पुँजी ७० करोड रहेको कम्पनीले लाभांश वितरणपछि कायम पुँजीको ६०% हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ। यसको साधारणसभा कात्तिक २१ गते र बुक क्लोज कात्तिक १४ गते हुनेछ।
ग्लोबल आइएमई बैंकले ८% नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकले कात्तिक २६ गते सभा गर्ने र कात्तिक १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।















प्रतिकृया