पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस ९ गते अन्तिम दिन रहेको छ । आज आरएसडीसी लघुवित्त, मञ्जुश्री फाइनान्स, मिथिला लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर र माउन्टेन इनर्जी नेपाल लिमिटेड लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यी कम्पनीले पुस ११ गते बुक क्लोज गर्दैछन् । पुस १० गते सार्वजनिक विदा परेकोको यी कम्पनीहरुको लाभांश सुरक्षित गर्न आज (पुस ९ गते) सेयरधनी बनिसक्नु पर्नेछ ।
आरएसडीसी लघुवित्तले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्दैछ । सभा वेष्टर्न एसियन होटल प्रालि, बुटवल रुपन्देहीमा बिहान ९ः३० बजेबाट सुरु हुनेछ । साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
मञ्जुश्री फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्दैछ । सभा थापागाँउ ब्यांक्वेट, थापागाँउ नयाँबानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट ६.३५ नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित पुस २८ गते साधारण सभा गर्ने भएको हो । सभा कोमल होटल प्रा.लिको सभाहल, घनुषा बिहान ११ बजे सुरु हुनेछ । सभामा संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश प्रस्तावसहित पुस २७ गते वार्षिक साधारण सभा बस्दैछ । सभा, काठमाडौं ब्यांक्वेट प्रालि, थापाथली काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ । सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
माउन्टेन इनर्जी नेपाल लिमिटेडको पुस २८ गते साधारण सभा बस्दैछ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।



















प्रतिकृया