एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार १९ गते
एशियन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कति दिँदैछ लाभांश ?

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मिति असार १९ गते, बिहीबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार २० गते, शुक्रबार, एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले असार १९ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनी नाममा दर्ता भएका लगानीकर्ताहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले आफ्नो १७ औँ वार्षिक साधारण सभा असार ३० गते, सोमबार, बाराको सिमरास्थित होटल इच्छामा आयोजना गर्ने भएको छ, जुन दिउँसो १ बजेबाट सुरु हुनेछ। उक्त सभामा हाल कायम चुक्ता पूँजीको ५.१० प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक मनोनयन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि सभामा प्रस्तुत गरी पारित गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स