instainsta

५ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको मूल्य कति ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १० गते
५ कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन, कुनको मूल्य कति ?
AdvertisementAds

एनआइसी एसिया बैंक लिमिटेडले आफ्नै स्वामित्वमा रहेका ५ कम्पनीका कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामीमा राखेको छ, जसको आवेदन दिने आज (चैत १० गते) अन्तिम दिन हो। इच्छुक लगानीकर्ताले कार्यालय समयसम्म आवेदन दिन सक्नेछन्। बैंकले चैत ३ गतेदेखि नागरिक लगानी कोष (CIT) को ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) को १० लाख कित्ता, र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता सेयर लिलामीमा राखेको हो।

यस लिलामीमा, CIT को सेयरको न्यूनतम मूल्य ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ, र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ निर्धारण गरिएको छ। CIT को सेयर खरिदका लागि न्यूनतम १० हजार कित्ता आवेदन दिन सकिनेछ भने अन्य चार कम्पनीका सेयर खरिद गर्न न्यूनतम ५ हजार कित्ता आवेदन दिनुपर्नेछ। बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षर दुवैमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।

लिलामी सेयरको बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय, थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालय तथा बैंकका विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी, र सुर्खेत शाखाहरूमा बुझाउन सक्नेछन्। आवेदन दिने आज अन्तिम दिन भएकाले लगानीकर्ताले कार्यालय समयभित्र नै बोलपत्र पेस गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स