तीन महिनामा टिकटकले हटायो करोडौं भिडियो, नेपालबाट मात्रै १८ लाख बढी

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण १५ गते
तीन महिनामा टिकटकले हटायो करोडौं भिडियो, नेपालबाट मात्रै १८ लाख बढी

टिकटकले सन् २०२५ को पहिलो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। उक्त रिपोर्टमा कम्पनीले जनवरीदेखि मार्च महिनासम्म आफ्ना नीतिहरू उल्लंघन गर्ने सामग्रीहरू पत्ता लगाई हटाउन चालेका कदमहरूको विवरण दिएको छ। यस अवधिमा नेपालबाट मात्र १८ लाख ७६ हजार ५६३ वटा भिडियो हटाइएको छ। तीमध्ये ९९.६ प्रतिशत भिडियोहरू सक्रिय रूपमा हटाइएका थिए भने ९७.८ प्रतिशत भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाइएको हो।

विश्वव्यापी रूपमा भने टिकटकले उक्त त्रैमासिकमा २११ मिलियनभन्दा बढी भिडियो हटाएको छ, जुन कुल अपलोड गरिएका कन्टेन्टमध्ये करिब ०.९ प्रतिशत हो। तीमध्ये १८ करोड ४३ लाखभन्दा बढी भिडियो अटोमेटेड प्रविधिको प्रयोगमार्फत हटाइएको छ, भने ७५ लाखभन्दा बढी भिडियो थप समीक्षा गरेर पुनःस्थापना गरिएको उल्लेख गरिएको छ।

रिपोर्टअनुसार, हटाइएका भिडियोहरूमध्ये ३०.१ प्रतिशतमा संवेदनशील वा वयस्क विषयवस्तु समावेश थियो, १५.६ प्रतिशतले गोपनीयता तथा सुरक्षा उल्लंघन गरेका थिए, र ११.५ प्रतिशतले टिकटकको नैतिक मापदण्ड र सुरक्षा नीति तोडेका थिए। त्यसैगरी, ४५.५ प्रतिशत भिडियोहरू गलत सूचनाका रूपमा हटाइएको थियो भने १३.८ प्रतिशत भिडियोहरू एडिट गरिएको वा एआईद्वारा सिर्जना भएको भन्दै हटाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स