विकास भएको छैन भन्नेहरुले आफ्ना बुबा वा अघिल्लो पुस्तासँग सोध्दा थाहा हुन्छ: मन्त्री सिंह

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर २८ गते
विकास भएको छैन भन्नेहरुले आफ्ना बुबा वा अघिल्लो पुस्तासँग सोध्दा थाहा हुन्छ: मन्त्री सिंह

उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तनसँगै विकासले गति लिएको बताएका छन्।

शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भन्ने धारणा गलत भएको बताए।

उनले भने, “केही पनि भएको छैन भन्ने गलत भाष्य निर्माण गर्न खोजिएको छ। २०४६ पछाडिको पुस्तालाई त्यसअघिको अवस्था थाहा नहुन सक्छ, तर आफ्ना बुबा वा अघिल्लो पुस्तासँग सोध्दा स्पष्ट हुनेछ। व्यवस्था मात्र होइन, विकासको काम पनि भएको छ।”

सामाजिक र आर्थिक क्षेत्रमा उल्लेखनीय परिवर्तन भएको बताउँदै उनले परिवर्तनको अनुभूति सबै नागरिकमा पुर्याउन केही समय लाग्ने उल्लेख गरे। यसका लागि सरकार निरन्तर काम गरिरहेको उनको भनाइ थियो।

अधिकारलाई सुरक्षित राख्दै अब देशलाई विकासको मार्गमा अघि बढाउन सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए। साथै, नवनिर्मित भवनले स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स