रास्वपाले यसकारण हटायो सात प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १० गते
रास्वपाले यसकारण हटायो सात प्रदेशका इन्चार्जलाई जिम्मेवारीबाट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात प्रदेशका इन्चार्ज पद हटाउने निर्णय गरेको छ। अब पार्टीले केन्द्रीय सदस्यहरूमध्येबाट नयाँ प्रदेश इन्चार्ज तोक्ने तयारी गरिरहेको छ। मंगलबार राति बसेको सचिवालय बैठकले पदाधिकारी र सचिवालय सदस्यहरूमार्फत तोकिएका प्रदेश इन्चार्जहरू हटाएर नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गरेका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी दिइनेछ र प्रदेश इन्चार्जको जिम्मेवारी अब केन्द्रीय सदस्यहरूलाई तोकिनेछ।’

यसअघि कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेस मनीष झा, बागमती कोषाध्यक्ष लिमा अधिकारी, गण्डकी शिशिर खनाल, लुम्बिनी विपिनकुमार आचार्य, कर्णाली गणेश पराजुली र सुदूरपश्चिम हरि ढकाल थिए। कोशी इन्चार्ज परियारले पार्टी छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरिसकेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स