समानुपातिकको सूची बुझाउन यसकारण देउवाले मागे थप ५ दिन समय

समानुपातिकको सूची बुझाउन यसकारण देउवाले मागे थप ५ दिन समय

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते तय भएको निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको सूची बुझाउने समयावधि ५ दिन थप गर्न आग्रह गरेका छन्।

शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष तीन नेताबीचको छलफलमा देउवाले पार्टीभित्र आन्तरिक समस्या रहेको उल्लेख गर्दै समय थप गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। सो प्रस्तावमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सहमति जनाउँदै, आवश्यक परे ५ दिन समय थप्दा निर्वाचन तालिकामा ठूलो असर नपर्ने धारणा व्यक्त गरेका थिए।

तर प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री जगदीश खरेलले भने यस विषयमा कांग्रेसले यसअघि सिंहदरबारमा भएको छलफलमा पनि कुरा उठाइसकेको र त्यस बेला निर्वाचन आयोगले समय थप्न नसकिने स्पष्ट पारेको स्मरण गराएका थिए। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, यो विषयमा सरकारले कुनै निर्णय गर्न नमिल्ने र निर्वाचन आयोग नै अन्तिम निर्णयकर्ता हुने जवाफ दिइएको छ।

निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फका उम्मेदवारहरूको सूची बुझाउने अन्तिम म्याद पुस १५ गतेसम्म तोकेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स