बालेनसँग भेटेपछि यस्तो भन्छन् रवि लामिछाने

बालेनसँग भेटेपछि यस्तो भन्छन् रवि लामिछाने
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु भएको बताएका छन्। उनले सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँग छलफल गरेको जानकारी दिए।

लामिछानले भने, “नयाँ र वैकल्पिक भनिएका पक्षसँग संवादमार्फत एकै ठाउँमा ल्याउने प्रयास गर्दैछौँ र टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ।”

प्रधानमन्त्री बनाउन बालेनसँग सहमति भएको हो कि भन्ने प्रश्नमा उनले भने, “हामी त्यस चरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्छ।”

उनले आगामी छलफलको तयारी भइरहेको र ‘हामी नेपाली’का सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफल हुने बताए। लामिछानले भने, “रास्वपाले यो जिम्मेवारी नै पूरा गर्नेछ।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स