सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चार महत्वपूर्ण निर्णय गरेको छ। बैठकले पहिलो निर्णयका रूपमा भन्सार नियमावली २०८३ स्वीकृत गरेको छ।
दोस्रो निर्णयअनुसार सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख (आईजी) मा नियुक्त गर्ने निर्णय गरिएको छ।
तेस्रो निर्णयमा सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने गरी सूचीकृत गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ।
त्यस्तै, चौथो निर्णयअनुसार उक्त केन्द्रलाई व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्न अनुमति दिने निर्णय पनि गरिएको छ।




















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)

प्रतिकृया