प्रधानमन्त्री सुशीला कार्की आज मन्त्रिपरिषद् चौथोपटक विस्तार गर्दै चार नयाँ मन्त्री नियुक्त गर्न लागेकी छन्। शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइनेछ। श्रद्धा श्रेष्ठ महिला तथा बालबालिका, माधव चौलागाईं वन, राजेन्द्रसिंह भण्डारी श्रम तथा कुमार इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी पाउनेछन्। नयाँ मन्त्रीहरूको शपथ आज दिउँसो ३ बजे तय गरिएको छ।
यसअघि मन्त्रिपरिषद् १० सदस्यीय थियो। ९ कात्तिकमा तेस्रोपटक गरिएको पुनर्गठनपछि डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बनेका थिए। चौथोपटक विस्तारपछि मन्त्रिपरिषद् १४ सदस्यीय हुने भएको छ।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया