वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने सम्पूर्ण श्रमिकहरुले विमानस्थल जाँदा देहाय बमोजिमका थप कागजात अनिवार्य रुपमा आफूसँग लिएर मात्र गन्तव्य मुलुकसम्मको यात्रा गर्न अनुरोध गरेको छ ।
विभागले आज विज्ञप्ति जारी गरी यही चैत २९ गतेदेखि गन्तव्य मुलुकसम्मको हवाई टिकट र सो टिकटको बिल/रसिद (संस्थागत र व्यक्तिगत दुवैले अनिवार्य साथमा राखे) र म्यानपावर कम्पनी (इजाजतपत्र प्राप्त संस्था) मार्फत जाँदै हुनुहुन्छ भने सो संस्थालाई वैदेशिक रोजगारीका लागि बुझाएको सेवा शुल्कबापतको आधिकारिक रसिद राख्न अनुरोध गरेको हो ।
साथै, सबै इजाजतपत्र प्राप्त संस्थाले वैदेशिक रोजगारीको सम्बन्धमा श्रमिकबाट प्राप्त गरेको सेवा शुल्कवापतको भौचर/रसिद/भरपाइ अनिवार्य रुपमा श्रमिकलाई उपलब्ध गराउन विभागले अनुरोध गरेको छ ।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया