SHAREHUBSHAREHUB

यस वर्षदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण ८ गते
AdvertisementAds
यस वर्षदेखि पीसीएल नर्सिङको प्रवेश परीक्षा नहुने
AdvertisementAds

सीटीईभीटीअन्तर्गत सञ्चालित तीन वर्षे पीसीएल नर्सिङ कार्यक्रममा यस वर्षदेखि प्रवेश परीक्षा नहुने भएको छ। अब विद्यार्थीको एसईई ग्रेड (GPA) कै आधारमा भर्ना हुनेछ। यस निर्णयसँगै काठमाडौं आएर परीक्षा दिनुपर्ने बाध्यता हटेको छ।

सरकारी स्कुलका विद्यार्थीलाई प्राथमिकता दिँदै उनीहरूको GPA मा १ अंक र निजी बोर्डिङका विद्यार्थीको GPA मा ०.८५ अंक जोडिनेछ। भर्नाका लागि अनलाइन आवेदन दिन सकिनेछ, जसमा छात्रवृत्ति र पेइङ दुवै कोटाका लागि फाराम खुल्नेछ। आवेदन भर्ने क्रममा १,००० रुपैयाँ शुल्क खल्ती वा कनेक्ट आईपीएसमार्फत तिर्नुपर्नेछ।

देशभर ६३ संस्थामा २,५२० विद्यार्थी भर्ना हुनेछन्, जसमा १२० छात्रवृत्तिका सिट रहनेछन्। अनलाइन प्रणालीले सेटिङ र पहुँचको भरमा हुने अनियमितता अन्त्य गर्ने सीटीईभीटीको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स