रोक्का गरिएको आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा

रोक्का गरिएको आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा
Advertisement Ads

रोक्का गरिएको आत्मनिर्भर लघुवित्तको सेयर कारोबार फुकुवा भएको छ। आत्मनिर्भर लघुवित्तले आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिवद्धता जनाएपछि नेपाल स्टक एक्सचेन्जले कम्पनीलाई सचेत गराउँदै कारोबार फुकुवा गरेको हो।

आत्मनिर्भर लघुवित्तले पुस ७ गते सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गर्ने निर्णय गरी पुस ८ गते कारोबार समयको मध्याह्न १२ः१३ बजे मात्रै नेप्सेको प्रणालीमार्फत सूचना पठाएको थियो। कम्पनीले जानकारी समयमै नगराएको भन्दै नेप्सेले सोमबार कारबाही स्वरुप सेयर कारोबार रोक्का गर्दै ३ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। त्यसपश्चात कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्‍याउने भन्दै नेप्सेमा धितोपत्र कारोबार फुकुवा गर्न अनुरोध गरेको थियो ।

‘धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेस गर्नुपर्नेछ’ भन्ने व्यवस्था रहेकोले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले कम्पनीको सेयर कारोबार रोक्का राखेको थियो।

Screenshot 24 12 2024 134022 www.nepalstock.com .np https://bajarkochirfar.com/the-trading-of-shares-of-aatmanirbhar-laghubitta-which-was-previously-suspended-has-been-resumed | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स