बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एउटै समूह हुन्: रवि लामिछाने

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १५ गते
बालबालिकालाई गोली हान्ने र सिंहदरबार जलाउने एउटै समूह हुन्: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने कार्य एउटै समूहले गरेको आरोप लगाएका छन्। शुक्रबार चितवनमा आयोजित चुनावी सभामा लामिछानेले भने, जेनजी आन्दोलनमा बालबालिकालाई गोली हानिएपछि सिंहदरबार जलेको हो।

उनले स्पष्ट पारे, “सिंहदरबार त्यसैले जल्यो, जसले यसलाई भ्रष्टाचारको अखडा बनायो र बालबालिकालाई गोली ठोक्यो। सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै समूह, एउटै व्यक्ति र एउटै जात हुन्। अरू कोही होइन।”

लामिछानेले थपे, अब आफूहरूले सिंहदरबार निर्माण र सुधार दुवै गर्ने बताए। “सिंहदरबार बनाउँछौँ पनि, बदल्छौँ पनि,” उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स