राजावादीले आन्दोलनमा भाडाको मान्छे ल्याएर जाँड खुवाउने, उफार्ने काम गर्दैछ: प्रचण्ड



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी आन्दोलनमा भाडामा मान्छे ल्याइएको आरोप लगाएका छन्। पार्टीको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल)को तेस्रो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उनले उक्त आन्दोलनमा भाडाका मान्छे सहभागी गराइएको दाबी गरे।

प्रचण्डले भने, “अहिले राजावादीहरूले कता–कताबाट पैसा ल्याएका छन्, पैसा त थुपारेकै छन्। त्यही पैसाको बलमा भाडाका मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने काम भइरहेको छ।”


Advertisement

उनले शान्ति सम्झौतापछि जन्मिएका युवापुस्तालाई राजतन्त्रकालीन अपराधबारे थाहा नभएको उल्लेख गर्दै, अब ती घटनाबारे जनतालाई जानकारी दिनुपर्ने समय आएको बताए। त्यस्तै, गणतन्त्रपछि देशले गरेको प्रगति तथ्यांकसहित जनसमक्ष राख्नुपर्ने आवश्यकतामाथि पनि उनले जोड दिए।

यता, आइतबार मात्र राजावादी दलहरूले काठमाडौंमा प्रदर्शन गरेका थिए। प्रदर्शनको क्रममा पूर्व गृहमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। नारायणचौरमा आयोजित विरोध प्रदर्शनका क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले थापासहित अन्य केही राजावादी कार्यकर्तालाई पनि पक्राउ गरेको छ।

नारायनहिटी दरबार हत्याकाण्ड भएको दिन जेठ १९ नजिकिँदै जाँदा राजावादीहरूले आफ्नो आन्दोलनलाई थप सशक्त बनाउने रणनीति बनाएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर