रास्वपाले भन्यो, “लुटपाटमा हाम्रा काेही पनि सदस्य संलग्न देखिए कारबाही गरी पार्टीबाट हटाउछौँ”

रास्वपाले भन्यो, “लुटपाटमा हाम्रा काेही पनि सदस्य संलग्न देखिए कारबाही गरी पार्टीबाट हटाउछौँ”

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेन–जी आन्दोलनका क्रममा धाक–धम्की, लुटपाट वा तोडफोडमा संलग्न कुनै सदस्य भेटिए प्रशासनलाई जानकारी गराउन र आवश्यक कानुनी कारबाहीमा सहयोग गर्न अनुरोध गरेको छ। पार्टीले यस किसिमका घटनामा सहभागी सदस्यलाई कारबाही गरी पार्टीबाट हटाउने निर्णयसमेत जनाएको छ। रास्वपा, मधेश प्रदेश कार्यालयका सहमहामन्त्री तथा संगठन विभाग प्रमुख गणेश धिमालले विज्ञप्ति जारी गर्दै आन्दोलनमा घाइते भएकाहरूको नि:शुल्क उपचार, सहिद परिवारका लागि गाँस, बास, कपास र रोजगारीको ग्यारेन्टी माग गरेका छन्।

विज्ञप्तिमा पार्टीका सदस्यहरूलाई सार्वजनिक सम्पत्तिको मर्मत, सरसफाइ र अन्य आवश्यक कार्यमा सक्रिय हुन निर्देशन दिइएको छ। साथै, सुरक्षाकर्मी, राष्ट्रसेवक र सञ्चार गृहमा तोडफोड र आगजनीले मनोबल घटाएको भन्दै सामाजिक संरक्षण अभियान सञ्चालन गरिने जनाइएको छ। रास्वपा कानुनी शासन र निजी सम्पत्ति अधिकारको संरक्षणमा प्रतिबद्ध छ र यस्ता गतिविधिमा संलग्नको पहिचान गरी प्रशासनलाई सहयोग गर्नेछ। पीडितहरूको घाउमा मलम लगाउन पनि पार्टी सहयोग गर्नेछ।

G0yDROIbcAEbwso https://bajarkochirfar.com/the-rashtriya-swayamsevak-sangh-rss-said-if-any-of-our-members-are-found-involved-in-the-looting-we-will-take-action-and-remove-them-from-the-party | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स