पेट्रोलको मूल्य ५ रुपैयाँले बढ्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

पेट्रोलको मूल्य ५ रुपैयाँले बढ्यो, अब प्रतिलिटर कति तिर्नुपर्छ ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमका अनुसार हिजो (सोमबार) रातिदेखिनै लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य वृद्धि गरिएको हो।

मूल्यवृद्धिको कारण इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको जनाइएको छ। त्यसअनुसार, अब पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६५ रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ।

त्यस्तै, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि गरिएको निगमले जानकारी दिएको छ।

514258510 122232820754166130 4037343252247328614 n https://bajarkochirfar.com/the-price-of-petrol-has-increased-by-rs-5-how-much-should-you-pay-per-liter-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स