नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। हिजो (आइतबार) राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको हो।
यसअनुसार काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १४५ रुपैयाँ तोकिएको छ।


प्रतिकृया