बुधबार सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच हुँदैछ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ६९ हजार ९ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर तोलाको २ हजार रुपैयाँमा किनबेच भइरहेको छ।