अत्यधिक गर्मीका कारण अण्डाको उत्पादन करिब २५ प्रतिशतले घटेपछि माग बढेर मूल्यमा तीव्र वृद्धि भएको छ। गर्मीका कारण कुखुराले कम दाना खाँदा उत्पादन घटेको हो भने वर्षातसँगै बढेको आद्रता र रोगले स्थिति झन् जटिल बनाएको छ।
नेपाल लेयर्स कुखुरा पालक संघले चितवनमा आजदेखि लागू हुने समर्थन मूल्य ठूलो अण्डाका लागि प्रति क्रेट रु. ४८० र मझौला अण्डाका लागि रु. ४५० तोकेको छ। हाल दैनिक अण्डा उत्पादन ३० हजार कार्टुनमा झरेको छ, जुन चार महिनाअघि ४० हजार थियो। उत्पादन घटेका कारण व्यवसायीहरूले होलसेल मूल्य प्रति कार्टुन रु. ३,५४० र रु. ३,३३० कायम गरेका छन्।
रोग अन्वेषणमा एच ९, गम्बारो र साल्मोनेलाजस्ता संक्रमण भेटिएको छ भने किसानहरू लागत धान्न नसकी विस्थापित भएका छन्।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया