नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्यमा वृद्धि गर्ने निर्णय गरेको छ। संघका अनुसार जेठ १७ गते (शनिबार)देखि लागू हुनेगरी अण्डाको थोक मूल्यमा १० देखि १५ रुपैयाँसम्म बढाइएको हो।
अब एक्सएल अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँले बढेर ४८० रुपैयाँ पुगेको छ, जुन पहिले ४६५ रुपैयाँ थियो।
त्यस्तै, ठूलो अण्डाको मूल्य पनि १५ रुपैयाँले बढेर ४५० बाट ४६५ रुपैयाँमा पुगेको छ। मिडियम अण्डाको मूल्य भने १० रुपैयाँले बढाइएको छ, जसपछि अब यसको मूल्य ४३५ रुपैयाँ पुगेको छ।
संघका अनुसार चितवनबाट अण्डा लोड भई देशभर बिक्री डिपोहरूमा पुर्याउँदा भाडा, कार्टुन र क्रेटसहित प्रति पेटी १३० रुपैयाँसम्म थप लागत लाग्ने भएकाले मूल्य समायोजन गरिएको हो।










![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)



प्रतिकृया