यस वर्ष दसैंमा नयाँ नोट लिन मिति कुर्नु नपर्ने, राष्ट्र बैंकले नियमित समयमै सटही सुविधा दिने

यस वर्ष दसैंमा नयाँ नोट लिन मिति कुर्नु नपर्ने, राष्ट्र बैंकले नियमित समयमै सटही सुविधा दिने
Advertisement Ads

नेपाल राष्ट्र बैंकले यस वर्ष दसैंलाई लक्षित गरी छुट्टै मिति तोकेर नयाँ तथा खुद्रा नोट वितरण नगर्ने भएको छ। केन्द्रीय बैंकले नियमित कार्यालय समयमै बजारको मागअनुसार नयाँ तथा सुकिला नोट सटही सुविधा उपलब्ध गराउने जनाएको छ।

राष्ट्र बैंकका अनुसार विगतमा दसैंजस्ता ठूला पर्वलाई लक्षित गरी निश्चित मिति तोकेर नयाँ तथा खुद्रा नोट सटही गर्ने अभ्यास रहे पनि यसपटक त्यस्तो व्यवस्था गरिएको छैन। अब ग्राहकले नियमित रूपमा बैंकिङ काउन्टरबाट आवश्यकताअनुसार नोट सटही गर्न सक्नेछन्।

केन्द्रीय बैंकसँग पर्याप्त मात्रामा नोट मौज्दात रहेकाले बजारको मागअनुसार नयाँ नोट उपलब्ध गराउन सकिने राष्ट्र बैंकले जनाएको छ। मागअनुसार नयाँ नोटले मात्र धान्न नसक्ने अवस्था आएमा सुकिला नोटबाट समेत सटही सुविधा उपलब्ध गराइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स