भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर २०.४४ रुपैयाँसम्म बढेर आयो, नेपालमा बढ्यो कि बढेन?

भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर २०.४४ रुपैयाँसम्म बढेर आयो, नेपालमा बढ्यो कि बढेन?
Advertisement Ads

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आए पनि चाडपर्व र उपभोक्ताको हितलाई ध्यानमा राख्दै हाल कायम खुद्रा बिक्री मूल्यलाई यथावत राखेको छ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट असोज १४ गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टितेलमा १५ रुपैयाँ ९६ पैसा, हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।

तर भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीपहिरोबाट सिर्जित परिस्थिति, आउँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिको असोज १४ गतेको निर्णयअनुसार असोज १५ गते बिहान ००ः०१ बजेदेखि लागू हुने गरी हालकै खुद्रा बिक्री मूल्यलाई निरन्तरता दिइएको हो।

निगमका अनुसार निगमको डिपो वा कार्यालयबाट १५ किलोमिटर तथा एलपी ग्यासको हकमा उद्योगबाट ५० किलोमिटरसम्मका लागि पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम छ।

त्यस्तै, डिजेल तथा मट्टितेलको मूल्य पनि पहिलो वर्गमा १९७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ।

आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ रुपैयाँ कायम छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर १,६९७ अमेरिकी डलर कायम गरिएको छ। पोखरा र भैरहवाका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धनको बिक्री मूल्य ‘Breakeven Point’ मा कायम गरिएको निगमले जनाएको छ।

एलपी ग्यासको खुद्रा बिक्री मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम छ।

पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल रहेका छन्।

निगमले हाल कायम खुद्रा बिक्री मूल्य यथावत राख्दा पनि पाक्षिक रूपमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने अनुमान गरेको छ।

१ https://bajarkochirfar.com/the-price-of-petrol-from-india-has-increased-to-rs-20-44-per-liter-will-it-increase-or-not-in-nepal | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स