३ निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?

३ निर्माण कम्पनी परे कालोसूचीमा, कहिलेसम्म केके गर्न पाउनेछैनन् ?
Advertisement Ads

सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसमा शंकरमाली निर्माण सेवा, मान शाही निर्माण सेवा र कश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई कालोसूचीमा राखिएको हो।

कार्यालयका अनुसार काठमाडौंको शंकरमाली निर्माण सेवा र कालिकोटको मान शाही निर्माण सेवालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। शंकरमाली निर्माण सेवाका मुख्य व्यक्ति दानबहादुर कार्की र मान शाही निर्माण सेवाका मुख्य व्यक्ति सूर्यबहादुर शाही रहेका छन्।

त्यस्तै, माधव घिमिरे र हरिप्रसाद घिमिरे मुख्य व्यक्ति रहेको कश्यप निर्माण सेवा एण्ड सप्लायर्सलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

सार्वजनिक खरिद अनुगमन कार्यालय, केशरमहलले असोज १४ गतेको निर्णयअनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सूचना जारी गरेको हो।

कार्यालयका अनुसार कालोसूचीमा परेका कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायले सञ्चालन गर्ने कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्।

जिम्मा लिएको काम सन्तोषजनक रूपमा सम्पन्न नगरेको तथा पटक–पटक म्याद थप र ताकेता गर्दा पनि काममा अपेक्षित प्रगति नभएको अवस्थामा कालोसूचीमा राख्ने गरिएको कार्यालयले जनाएको छ।

Black List https://bajarkochirfar.com/if-3-construction-companies-are-blacklisted-for-how-long-will-they-not-be-allowed-to-do-what | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स