रारा चाउचाउको एक ब्याच न्यूनस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश

रारा चाउचाउको एक ब्याच न्यूनस्तरको भेटिएपछि बजारबाट तत्काल फिर्ता गर्न आदेश
Advertisement Ads

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउको एक ब्याच बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ। प्रयोगशाला परीक्षणका क्रममा उक्त चाउचाउ न्यूनस्तरको पाइएपछि विभागले सम्बन्धित उत्पादकलाई बजारबाट फिर्ता गर्न तथा बिक्री–वितरण रोक्न आदेश दिएको हो।

विभागका अनुसार बजार अनुगमन तथा निरीक्षणका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम संकलन गरिएको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएको थियो। त्यसपछि ऐनको दफा ३८ को उपदफा २ बमोजिम भदौ ९ गते आदेश जारी गरिएको हो।

बजारबाट फिर्ता गर्न आदेश दिइएको खाद्य पदार्थ रारा ब्रान्डको ६० ग्राम तयारी चाउचाउ हो। यसको ब्याच नम्बर आरइजी ०१ रहेको छ। उक्त चाउचाउको उत्पादन मिति ५ फेब्रुअरी २०२६ रहेको छ भने उपभोग्य अवधि उत्पादन मितिबाट १२ महिना रहेको उल्लेख छ।

विभागले उक्त ब्याच नम्बरका सबै चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न तथा बिक्री–वितरण नगर्न वा नगराउन आदेश दिएको छ।

उक्त चाउचाउ हिमश्री फुड्स प्रालि., पोखरा औद्योगिक क्षेत्र, पोखरा, कास्कीले उत्पादन गरेको हो।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८ को उपदफा ४ बमोजिम सम्बन्धित खाद्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ।

Screenshot 1 10 2026 74514 dftqc.gov .np https://bajarkochirfar.com/order-to-immediately-recall-a-batch-of-rara-noodles-from-the-market-after-it-was-found-to-be-of-substandard-quality | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स