नेपाल लेयर्स कुखुरा पालक सङ्घले अण्डाको मूल्य फेरि बढाउने निर्णय गरेको छ। सङ्घको कार्यकारिणी समितिको बैठकले निर्णय गरे अनुसार भोलि विहीबार बाट नयाँ मूल्य लागू हुने भएको छ।
नयाँ दरअनुसार, फार्मबाट होलसेल मूल्यमा ठुलो अण्डा प्रति क्रेट ५४५ रुपैयाँ, मिडियम अण्डा ५३० रुपैयाँ र सानो अण्डा ३ हजार रुपैयाँ प्रति पेटी तोकिएको छ। उपभोक्ताका लागि खुद्रा मूल्यमा प्रति गोटा अण्डा २३ रुपैयाँ र दुई गोटा अण्डा ४५ रुपैयाँ पर्ने व्यवस्था गरिएको छ।
यसअघि भदौ ४ गते मात्रै अण्डाको मूल्य बढाइएको थियो। त्यसबेलासम्म ठुलो अण्डाको मूल्य प्रति क्रेट ५३० रुपैयाँ र मिडियम अण्डाको मूल्य ५१५ रुपैयाँ थियो। सङ्घले चितवनबाट लोड भई देशभरका बिक्री डिपोमा अण्डा पुर्याउँदा यातायात, कार्टुन र क्रेट खर्चसहित प्रति पेटी करिब १३० रुपैयाँ अतिरिक्त खर्च लाग्ने जानकारी पनि दिएको छ।




















प्रतिकृया