भोटेकोशी बाढीपीडितलाई सरकारको राहत, विद्युत् बिलदेखि नयाँ मिटरसमेत निःशुल्क

भोटेकोशी बाढीपीडितलाई सरकारको राहत, विद्युत् बिलदेखि नयाँ मिटरसमेत निःशुल्क
Advertisement Ads

भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ। बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल र मिटरसम्बन्धी सेवामा सहुलियत दिइने भएको हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठका अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ। क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगका ग्राहकको विद्युत् मिटरको लगत कट्टा गरिने र पुनः सेवा लिन नयाँ मिटर माग गरेमा निःशुल्क उपलब्ध गराइनेछ।

त्यस्तै, बाढी प्रभावित १५ पालिकाका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ। अध्ययनका आधारमा यसै साता थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स