नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि अण्डाको समर्थन मूल्य घटाउने निर्णय गरेको छ। नयाँ मूल्यअनुसार, ठूलो अण्डा (३० वटा प्रति क्रेट) रु. ३७५ र मझौला अण्डा रु. ३३५ कायम गरिएको छ।
नेपालमा अण्डा उत्पादन बढेको र भारतबाट ठूलो मात्रामा आयात भइरहेको कारणले बजारमा आपूर्ति बढ्दा मूल्यमा गिरावट आएको संघले जनाएको छ।
अण्डाको मूल्य केही महिनाअघि सम्म उच्च थियो। मंसिरमा ठूलो अण्डा प्रति क्रेट रु. ५६५ र मझौला अण्डा रु. ५५० मा बिक्री भएको थियो। त्यसपछि क्रमिक रूपमा मूल्य घट्दै माघ ११ मा ठूलो अण्डा रु. ४९५ र माघ २२ मा रु. ४३५ पुगेको थियो।
गत माघ ११ मा ठूलो अण्डाको एक क्रेटको फार्म मूल्य ३० रुपैयाँले बढाएर रु. ४९५ कायम गरिएको थियो। त्यस्तै, मझौला अण्डाको मूल्य रु. ४७५ तोकिएको थियो।




















प्रतिकृया