उद्योगीहरूले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार सिमेन्टको भाउ प्रतिबोरा ५० देखि १ सय रुपैयाँ र डन्डीको भाउ प्रतिकिलो ५ रुपैयाँसम्म घटाइएको हो।
लोडसेडिङ र उत्पादन लागत घट्नुका साथै बर्खामा निर्माण कार्य कम भई माग घटेकाले सिमेन्ट र डन्डीको मूल्य घटाइएको विभागले जनाएको छ।
पहिले ओपीसी सिमेन्टको भाउ प्रतिबोरा ६७५ रुपैयाँदेखि ८०० रुपैयाँसम्म र पीपीसी सिमेन्टको भाउ ५५० रुपैयाँदेखि ६७५ रुपैयाँसम्म थियो, भने हाल ओपीसी सिमेन्टको मूल्य घटेर ६०० देखि ७०० रुपैयाँसम्म पुगेको छ। डन्डीको भाउ पनि पहिला प्रतिकिलो ९६ रुपैयाँ थियो, अहिले घटेर ८२ देखि ८५ रुपैयाँसम्म झरेको छ।
















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)




प्रतिकृया