राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीपरिषद्को सिफारिस अनुसार पाँच देशका लागि राजदूत नियुक्त गरेका छन्।
शुक्रबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रकाशमणि पौडेललाई पोर्चुगल, सनिल नेपाललाई स्पेन, प्रा.डा. कपिलमान श्रेष्ठलाई दक्षिण अफ्रिका, सेवा लम्साललाई बेल्जियम, र डा. शिवमाया तुम्बाहाङफेलाई कोरियाका लागि राजदूतमा नियुक्त गरिएको उल्लेख छ।
यो नियुक्ति नेपालको संविधानको धारा २८२ को उपधारा १ अनुसार गरिएको जनाइएको छ।
















प्रतिकृया