‘विप्लव’को पार्टीले ८४ सालको चुनावमा भाग लिने, कस्तो छ तयारी?

‘विप्लव’को पार्टीले ८४ सालको चुनावमा भाग लिने, कस्तो छ तयारी?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ सालको निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ। हालै सम्पन्न पार्टीको छैठौँ पूर्ण केन्द्रीय समितिको बैठकले पार्टी दर्ता गरी उपयुक्त चुनाव चिह्न लिएर निर्वाचनमा सहभागिता जनाउने निर्णय गरेको हो।

पार्टीले मंगलबार जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, “आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ। त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरिनेछ।”

त्यससँगै पार्टीले भ्रष्टाचार, कमिसनखोरी, मिटरब्याज, र बैंक ब्याज आतंकविरुद्ध जनसंघर्ष सञ्चालन गर्ने घोषणा गरेको छ।

बैठकले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस कदममार्फत पार्टीले आर्थिक र सामाजिक परिवर्तनका लागि आफ्नो प्रतिबद्धता जनाउन खोजेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स