पर्यटन मन्त्रालयले यी निकायमा एकैपटक दुई दर्जन पदाधिकारी नियुक्त गर्यो

बजारको चिरफार
बजारको चिरफार
२०८३ असार १९ गते
पर्यटन मन्त्रालयले यी निकायमा एकैपटक दुई दर्जन पदाधिकारी नियुक्त गर्यो
AdvertisementAds

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका विभिन्न निकायका रिक्त पदमा एकैपटक दुई दर्जन पदाधिकारी नियुक्त गरेको छ। मन्त्रालयका अनुसार असार १७ र १८ गतेको मन्त्रिस्तरीय निर्णयबाट नियुक्ति गरिएको हो।

पशुपति क्षेत्र विकास कोषमा ७ नियुक्ति

मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ र कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठलाई नियुक्त गरेको छ। यस्तै, कोषका सदस्यमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीताकुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्त भएका छन्।

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिमा नयाँ नेतृत्व

नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त भएका छन्। समितिका सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्रप्रसाद अधिकारी नियुक्त भएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिमा अध्यक्षसहित नियुक्ति

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन्। समितिका सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणीभद्र पोखरेल नियुक्त भएका छन्।

दरबार संग्रहालय विकास समितिमा पनि नयाँ सदस्य

सरकारले पाटन दरबार संग्रहालय विकास समितिको सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जनलाई नियुक्त गरेको छ।

त्यसैगरी, हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त भएका मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स