अर्थ मन्त्रालयले बजेट निर्माणबारे १६ वटा मन्त्रालयसँग गर्यो छलफल, केके दिए सुझावहरु ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १४ गते
अर्थ मन्त्रालयले बजेट निर्माणबारे १६ वटा मन्त्रालयसँग गर्यो छलफल, केके दिए सुझावहरु ?

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट निर्माणका लागि १६ वटा मन्त्रालयसँग छलफल सम्पन्न गरेको छ। बिहीबार संस्कृति, पर्यटन र उड्डयन मन्त्रालयसँगको छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको अंकभन्दा नीतिगत सिफ्टलाई प्राथमिकता दिन आग्रह गरेका छन्। उनले संघीयताको मर्म र तीन तहका सरकारबीच समन्वय र साझेदारीलाई जोड दिएका छन्।

अर्थमन्त्री पौडेलले विगतका कार्यक्रमहरूको समीक्षा गरी संघीय योजनामा केन्द्रीत हुन, अनावश्यक योजनाहरू घटाउन, समायोजन गर्न र स्मार्ट कार्यक्रम समावेश गर्न सुझाव दिएका छन्। उनले तीन करोड रुपैयाँभन्दा कमका आयोजनाहरू समावेश नगर्न र यथार्थपरक प्रस्ताव पेश गर्न पनि आग्रह गरे।

अर्थ मन्त्रालयले हालसम्म भौतिक, शहरी विकास, सञ्चार, शिक्षा, स्वास्थ्य, कृषि लगायतका मन्त्रालयहरूसँग छलफल गरेको छ र आगामी बजेटबारे बाँकी मन्त्रालयहरूसँग पनि छलफल गर्ने योजना बनाएको छ।

उनले संसाधन र जनताको आवश्यकताअनुसार अनुशासित र यथार्थपरक बजेट निर्माण गर्ने कुरा राखेका छन्, जसले कार्यान्वयनमा अपनत्व र उचित परिणाम दिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स