अर्थ मन्त्रालयले गत असोज दोस्रो साता आएको बाढीपहिरोले क्षति पुगेका २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रूपैयाँको स्रोत सहमति प्रदान गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको फागुन ४ गतेको मागमा उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको पुनर्निर्माणका लागि उक्त सहमति जारी गर्ने निर्णय गरेका हुन्।
यसमा १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका योजना रहेका छन्, जसमा बीपी राजमार्ग, मेची राजमार्ग, अरनिको राजमार्ग र कान्ति राजमार्ग पनि समावेश छन्।















प्रतिकृया