SHAREHUBSHAREHUB

पत्नी माथिको अनुसन्धान रोकिएको भन्दै माओवादीले माग्यो ऋषिकेश पोखरेलको राजीनामा

AdvertisementAds
पत्नी माथिको अनुसन्धान रोकिएको भन्दै माओवादीले माग्यो ऋषिकेश पोखरेलको राजीनामा
AdvertisementAds

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभाको लेखा समिति सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ।

माओवादी केन्द्रका कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालाको विवादास्पद संलग्नताको कारण राजीनामा माग गरिएको जानकारी दिए।

अञ्जला कोइराला मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी सहकारीको रकम अपचलनको आरोपमा मुछिएकी छन्। उनीविरुद्ध गत पुस २ गते पक्राउ पुर्जी जारी भए पनि हालसम्म नियन्त्रणमा लिइएको छैन।

आङ्बोले सभापति पोखरेलले राजीनामा दिएर पत्नीमाथि निष्पक्ष अनुसन्धानका लागि बाटो खोल्नुपर्ने माग गरे। उनले भने, “सभापतिकी पत्नी भएकै कारण अनुसन्धान रोकिएको देखिन्छ। शक्तिको दुरुपयोग गरेर उनी प्रहरी नियन्त्रणमा पर्नुभएको छैन।”

ऋषिकेश पोखरेल मोरङ क्षेत्र नं. २ बाट निर्वाचित एमाले सांसद हुन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स