जनमत पार्टीले माग्यो सभामुख घिमिरेको राजीनामा

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १७ गते
जनमत पार्टीले माग्यो सभामुख घिमिरेको राजीनामा

जनमत पार्टीले सभामुख देवराज घिमिरेको निर्णयप्रति आपत्ति जनाउँदै सांसद गोमा लाभ सापकोटालाई कारबाही नगरेकोमा असन्तोष व्यक्त गरेको छ। सोमबार जनमतका पार्टी प्रवक्ता शरद सिंह यादवले विज्ञप्ति जारी गर्दै सभामुखको कदमलाई गैरसंवैधानिक बताउँदै अविलम्ब राजीनामा दिनुपर्ने बताएका छन्।

जनमत पार्टीले केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याई कारबाही गर्दा पनि सभामुखले सापकोटालाई गैरसंवैधानिक रूपमा रक्षा गरेको आरोप लगाएको छ। विज्ञप्तिमा भनिएको छ, “कोही प्रतिनिधिसभा सदस्य सभामुखको नातेदार र समुदायको मान्छे भए भन्ने कारणले कारबाही गर्नबाट बचाउनु उचित होइन। जनमतको केन्द्रीय समितिले सम्पूर्ण प्रक्रिया पुर्याएर कारबाही गरेको सदस्यलाई सभामुखले गैरसंवैधानिक कदम उठाएर रक्षा गर्नुभयो भने उहाँले अविलम्ब राजीनामा दिनु पर्छ।”

यससँगै, जनमत पार्टीले संघीय संसद् सचिवालयको रङ्गभेदी र नस्लवादी व्यवहारको विरोध गरेको छ। यदि सचिवालयले आफ्नो निर्णय नसच्चाए भने संसद अवरुद्ध गर्ने चेतावनी पनि दिइएको छ।

सांसद सापकोटालाई पदमुक्त गर्नका लागि जनमत पार्टीले चारपटक सभामुखलाई पत्र लेखेपछि, सभामुख घिमिरेले जवाफ दिएका थिए कि सापकोटालाई हटाउने कुनै आधार नरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स