प्रतिपक्षीको अडानका कारण प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

प्रतिपक्षीको अडानका कारण प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेन

प्रतिपक्षी दलहरूको अडान कायम रहँदा प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरूले संसदको कार्यवाही अघि बढ्न नदिएको बताइएको छ। उनीहरूको अवरोधका कारण सोमबार दुई पटक बसेको प्रतिनिधिसभा बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको थियो।

सभामुख डोलप्रसाद अर्यालले सहमतिको प्रयास जारी राखे पनि हालसम्म सहमति नजुट्दा बैठक सञ्चालनको समय निश्चित हुन सकेको छैन। मंगलबारका लागि बैठक दिउँसो १ बजे बोलाइएको भए पनि अनिश्चितता कायमै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स