संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक १४ दिनपछि आज बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। प्रतिनिधिसभाको अघिल्लो बैठक गत असार ३१ गते बसेको थियो।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
यस्तै, सभामुख डीपी अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिकृया