देउवा दम्पत्तीको स्वास्थ्य अवस्था खतरामुक्त, कहाँ उपचार गरिँदै ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २५ गते
देउवा दम्पत्तीको स्वास्थ्य अवस्था खतरामुक्त, कहाँ उपचार गरिँदै ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ। मंगलबार जेनजी प्रदर्शनकारीहरूले बुढानीलकण्ठस्थित निवासमा प्रवेश गरेर देउवा दम्पतीमाथि आक्रमण गरेका थिए। देउवालाई सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रारम्भमा छाउनीस्थित सैनिक अस्पतालमा लगिएको थियो।

सैनिक स्रोतका अनुसार अहिले देउवा सुरक्षित स्थानमा राखेर उपचार भइरहेको छ। सामाजिक सञ्जालमा बाहिरिएको भिडियोमा देउवाको शरीर रगताम्मे देखिएको थियो।

देउवाकी पत्नी आरजु देउवा राणा पनि सुरक्षित छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स