सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग, र नियमनका लागि विशेष प्रावधान राख्दै नयाँ विधेयक संसदमा दर्ता गराएको छ। राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक पेस गरेका हुन्।
विधेयकको परिच्छेद ५ मा साइबर अपराध र सजायसम्बन्धी व्यवस्था गरिएको छ। साइबर बुलिङ गरेमा तीन वर्षसम्म कैद, पाँच लाख रुपैयाँसम्म जरिवाना, वा दुवै सजाय हुने प्रावधान छ।
ट्रोलिङलाई पनि विधेयकले कडा रूपमा नियमन गरेको छ। कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य वा तस्बिरको ट्रोल बनाएर सामाजिक सञ्जालमा सेयर गर्ने प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना गरिनेछ।
यसका साथै, मिथ्या र भ्रामक सूचनाको प्रचार, सूचना तोडमरोड गरी प्रसार, निषेधित वस्तुको विज्ञापन तथा कारोबार, र डिपफेक भिडियो अपलोड वा प्रसार गर्न पनि प्रतिबन्ध लगाइएको छ। अनुमति बिना सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न नपाइने र राष्ट्रहितविपरीत गतिविधिमा संलग्न हुने प्लेटफर्म तथा प्रयोगकर्तामाथि कानूनी कारबाही गरिनेछ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया