व्युटीशियनदेखि बेकरसम्म निःशुल्क तालिमका लागि सरकारले खुलायो आवेदन, कसरी हुने सहभागी ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २ गते
व्युटीशियनदेखि बेकरसम्म निःशुल्क तालिमका लागि सरकारले खुलायो आवेदन, कसरी हुने सहभागी ?

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले युवाहरुका लागि निःशुल्क रोजगारमूलक सिप विकास तालिम कार्यक्रम सञ्चालन गर्दै आवेदन खुलाएको छ। शनिबार जारी सूचना अनुसार इच्छुक युवाहरुले मंसिर १५ भित्र परिषद् वा परिषद्को वेबसाइटमा रहेको गुगल फर्म लिंक वा क्युआर कोडमार्फत आवेदन दिन सक्नेछन्।

परिषद्ले १३ विभिन्न विधामा तालिम सञ्चालन गर्न लागेको छ, जसको प्रत्येक तालिम अवधि ३९० घण्टा निर्धारण गरिएको छ। तालिम विधामा प्लम्बर, टेलर (सिलाई–कटाई), असिस्टेन्ट व्युटीशियन, बिल्डिङ इलेक्ट्रिसियन, वरिष्टा, कुक (कमिज–तेश्रो), सिकर्मी तथा डकर्मी मेसन, सामुदायिक पशु स्वास्थ्य कार्यकर्ता, मोटरसाइकल सर्भिस मेकानिक, बिल्डिङ पेन्टर, बारबर, मन्टेश्वरी र बेकर समावेश छन्। इच्छुक युवाले छानिएको विधामा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स