रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज (असार २ गते) बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न हुँदैछ।
सभामा कम्पनीले हालको ४ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजीमा १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा अन्य वित्तीय विवरणहरू अनुमोदन गरिनेछ। चालू आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक पनि निर्धारण गरिनेछ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी बढेर ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ। त्यस अनुसार, आवश्यक परेमा वा नियामक निकायबाट निर्देशन आएमा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २६ गते एक दिन बुक क्लोज गरिसकेको छ। त्यसअनुसार, जेठ २५ गतेसम्म नाम कायम सेयरधनीहरू मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।



















प्रतिकृया