नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयमा मन्त्रिपरिषद् भित्रै मतभेद देखिएको छ। ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउनैपर्ने अडान लिएपछि परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्यसमा साथ दिएकी थिइन्। तर, गृहमन्त्री रमेश लेखक सहित अन्य मन्त्रिहरुले भने घिसिङलाई हटाउनु उचित नहुने धारणा राखेका थिए।
मन्त्रिपरिषद्को बैठकमा ऊर्जामन्त्री खड्काले घिसिङलाई पदबाट हटाउनैपर्ने अडान लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री लेखकलाई सोधेका थिए। लेखकले “यस्तो संवेदनशील समयमा घिसिङलाई हटाउनु उपयुक्त हुँदैन।” भन्ने जवाफ दिए।
तर, खड्काले आफ्नो जिद्दी कायम राखेपछि परराष्ट्रमन्त्री राणाले पनि उनलाई समर्थन गरिन्।
अन्ततः मन्त्रिपरिषद्ले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्यो।




















प्रतिकृया