यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप गरिएको छ। कम्पनीले चैत २६ गतेदेखि बिक्री खुला गरेको १० प्रतिशत हकप्रद सेयरमा अब वैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ।
इन्स्योरेन्सले हाल कायम १०० कित्ता सेयर बराबर १० कित्ता (१०ः१ अनुपात) का दरले हकप्रद सेयर निष्काशन गरेको हो। यसअनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता, अर्थात् कुल २३ करोड १० लाख रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा ल्याएको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरूले मात्र यस हकप्रदमा आवेदन दिन सक्नेछन्।
कम्पनीले प्राप्त गरेको रेटिङ्गअनुसार, इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी’ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै बहन गर्ने क्षमता मध्यम स्तरमा सुरक्षित रहेको संकेत गर्छ।
हकप्रद सेयरको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)

![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया