नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय हितको विषयमा वर्तमान सरकारको रवैया शंकास्पद रहेको टिप्पणी गरेका छन् ।
आईतवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । सहसंयोजक नेपालले विदेशी शक्तिहरुले चलखेल गर्न खोजिरहेको उल्लेख गर्दै त्यसप्रति शतर्क भएर अघि बढ्ने काम पनि नेपालका कम्युनिष्ट पार्टीहरुले नै गर्नुपर्ने आवश्यकता औँल्याए । विदेशीहरुले देशमा हालीमुहाली नचलाउन, राष्ट्रिय हितमा कुठाराघात नगरुन र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन भन्ने कुरामा नेपालमा कम्युनिष्ट पार्टीहरुले शतर्कता अपनाएर अघि बढनुपर्ने उनको भनाई थियो । सहसंयोजक नेपालले जनताको अधिकार कुठाराघात गर्ने कोशिसहरु भइरहेको पनि बताए ।
उनले भने,‘विदेशीहरुले देशमा हामीमुहाली नचलाउन् । हाम्रो राष्ट्रिय हितमा कुठाराघात नगरुन् । र हाम्रो छिमेकीहरुका विरुद्धमा गतिविधिको केन्द्र नेपाललाई नबनाउन् । यसमा हामीले बहुमत शतर्क हुनुपर्दछ । वर्तमान सरकारको यस सन्दर्भमा रवैया शंकास्पद छ । जसरी विदेशी शक्तिहरु चलखेल गर्न खोजिरहेका छन् । त्यसप्रति हामी सबभन्दा पहिला शतर्क हुनुपर्दछ । सँगसँगै जनताका अधिकारहरुमाथि कुठाराघात गर्ने अनेकखालका कोशिसहरु भईरहेका छन । त्यसो हुनाले लोकतन्त्र जोगाउन, गणतन्त्रको रक्षा गर्न पनि कम्युनिष्टहरुले नै अग्रसरता लिनुपर्दछ ।
सहसंयोजक नेपालले लोकतन्त्रको रक्षा र गर्न गणतन्त्र जोगाउन पनि नेपालमा कम्युनिष्ट पार्टीहरुले अग्रसरता दिनुपर्ने अवस्था आएको बताए ।
–न्युज एजेन्सी नेपाल
Discover more from BAJARKO CHIRFAR
Subscribe to get the latest posts sent to your email.

प्रतिकृया