SHAREHUB SHAREHUB

युवराजले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, “सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो आफै डिलिट हुने व्यवस्था गर्नु नत्र म अदालत जान्छु”

Advertisement Ads
युवराजले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, “सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो आफै डिलिट हुने व्यवस्था गर्नु नत्र म अदालत जान्छु”
Advertisement Ads

सामाजिक अभियन्ता युवराज सफलले सामाजिक सञ्जालको नियमन र नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै ठोस कदम चाल्न आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत समाजमा सद्भाव विथोल्ने, अश्लीलता फैलाउने, र आपराधिक गतिविधि प्रोत्साहन गर्ने कार्यहरू रोक्न आवश्यक भएको बताएका छन्। पत्रमा सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा प्यान नम्बर अनिवार्य अपलोड गर्ने व्यवस्था गर्न, फेक अकाउन्ट स्थायी रूपमा ब्लक गर्ने, र सामाजिक सद्भाव विथोल्ने सामग्री स्वतः हटाउने नीति लागू गर्न माग गरिएको छ।

साथै, फेसबुक र टिकटकजस्ता प्लेटफर्मलाई मोनेटाइज गरेर प्रयोगकर्ताको आम्दानीलाई करको दायरामा ल्याउनु पर्ने उनको सुझाव छ। उनले टिकटकमा आपत्तिजनक भिडियो र कमेन्टलाई स्वतः डिलिट हुने व्यवस्था गर्न, अश्लीलता फैलाउने गतिविधिमा संलग्नलाई कानुनी कारबाही गर्न, र टिकटक मोनेटाइज गरी आम्दानी गर्नेहरूलाई करको दायरामा ल्याउन पनि माग गरेका छन्।

सफलले पोपो, बिगो, टेलिग्राम र ह्वाट्सएपजस्ता प्लेटफर्महरूमा ठगी र सामाजिक विसंगतिमा रोक लगाउन सरकारको कडा निगरानी आवश्यक भएको उल्लेख गर्दै, सामाजिक सञ्जालबाट हुने आर्थिक गतिविधिलाई व्यवस्थित गरी राजस्व वृद्धि गर्ने नीतिगत व्यवस्था निर्माण गर्न माग गरेका छन्।

यदि सरकारले यस्ता कदम चाल्न असफल भएमा, उनले सर्वोच्च अदालतमा रिट दायर गर्ने चेतावनी समेत दिएका छन्।

Advertisement Ads

1737626729 viber image 2025 01 23 15 37 25 555 https://bajarkochirfar.com/the-crown-prince-warned-the-prime-minister-make-arrangements-for-objectionable-videos-to-be-deleted-on-social-media-or-i-will-go-to-court | %tags 1737626729 viber image 2025 01 23 15 37 26 205 https://bajarkochirfar.com/the-crown-prince-warned-the-prime-minister-make-arrangements-for-objectionable-videos-to-be-deleted-on-social-media-or-i-will-go-to-court | %tags 1737626728 viber image 2025 01 23 15 37 26 891 https://bajarkochirfar.com/the-crown-prince-warned-the-prime-minister-make-arrangements-for-objectionable-videos-to-be-deleted-on-social-media-or-i-will-go-to-court | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स