SHAREHUBSHAREHUB

अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा ठूलो देशको स्वाधीनता हो: प्रधानमन्त्री ओली

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २२ गते
AdvertisementAds
अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा ठूलो देशको स्वाधीनता हो: प्रधानमन्त्री ओली
AdvertisementAds

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई हेप्ने कुनै पनि गतिविधि सहन नसकिने बताएका छन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी विधान महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिनिधिलाई सम्बोधन गर्दै उनले बेथिति र हेपाहा प्रवृत्तिका विरुद्ध सदैव उत्रिने र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले राष्ट्रियता कविता वा क्षणिक स्वार्थ नभएको र वाक स्वतन्त्रता तथा राष्ट्रिय स्वाभिमानका लागि बलिदान दिइएको बताए। सामाजिक सञ्जालमा अनावश्यक विरोध गर्ने व्यवहार स्वीकार्य नभएको र कानुनबमोजिम व्यवसाय नगर्ने गतिविधि सह्य नहुने उल्लेख गरे। ‘जेनजी’ पुस्तालाई समाज भड्काउने उद्देश्यले गलत प्रचार भइरहेको भए पनि उनीहरू देशप्रेमी भएको उनले जोड दिए।

सरकारले एक वर्षअघिदेखि सामाजिक सञ्जाललाई दर्ता गर्न भनेको स्मरण गर्दै उनले भने, “अहिले चार जना मानिसको रोजगारी खोसिएकोभन्दा देशको स्वाधीनता ठूलो हो, देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता, सार्वभौमसत्ताको कुरालाई नमान्ने पनि कहीँ हुन्छ, स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ”, अध्यक्ष ओलीले भने ।

असमानता कम गर्ने र विभेद अन्त्य गर्ने पार्टीको नीतिअनुसार छलफलसहित नीतिलाई अङ्गीकार गरी ‘मिसन ८४’ पूरा गर्ने उद्देश्यले पार्टी अघि बढिरहेको उनले स्पष्ट गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स